प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्तिक २०८१
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, मिति २०८१/०८/२५ गते अन्दाजी २१:१५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक रत्न राजमार्गमा नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र०२००१ज०६९१ नं.को फोर्स गाडि लाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा जिल्ला दैलेख ढुङ्गेश्चर गा.पा ०३ बस्ने धन बहादुर रावतको छोरा बर्ष १८ को लोचन रावल र जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा ०३ तातोपानि बस्ने बर्ष २४ को बिकास के.सी.को साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ पुडिया (नापतौल गर्दा १ ग्राम ४४० मलिग्राम) बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

फरार प्रतिवादी पक्राउ ।
२०८१-०७-०८

सल्यान, मिति २०८१।०७।०८ गते अन्दाजी ०७:०० बजेको समयमा जवरजस्ती करणी मुद्दाको फैसला कार्यान्वयनको शिलशिलामा सम्मानित जिल्ला अदालत सल्यानको मिति २०८०।०३।२५ गते  को फैसला आदेशले झुठा बयान पेश गरेको अभियोगमा  निम्न लगत नं. अनुसार कैद तथा जरिवाना तोकी फरार रहेका निम्न प्रतिवादीहरुलाई खोजतलासको लागी इलाका प्रहरी कार्यालय रागेचौर सल्यानबाट खटिएको प्रहरी टोलीले निजहरुको घर वतनबाट फेला पारी मिति २०८१।०७।०८ गते अन्दाजी १६:४५ बजेको समयमा कैद तथा जरिवाना असुलको लागी सम्मानित सल्यान जिल्ला अदालतमा बुझाइएको । निम्न:-१. जिल्ला सल्यान कुमाख गा.पा. ७ बस्ने लगत नं. ७१-०८०-०००६९, बर्ष ४५ को संकेत नाम ५५ D ५२ को संरक्षक (क) जाहेरवाला लाई १ महिना १५ दिन कैद र रु ३०००।– जरिवाना तोकिएको । २. जिल्ला सल्यान कुमाख गा.पा. ७ बस्ने लगत नं. ७१-०८०-०००६९, बर्ष २२ की संकेत नाम ५५ D ५२ ( पिडित ) लाई १ महिना १५ दिन कैद र रु ३०००।– जरिवाना तोकिएको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<