प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
फाल्गुण २०८१
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-२७

सुर्खेत,मिति २०८१/११/२६ गते अन्दाजि २०:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११, सुब्बाकुना स्थित लागुऔषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय, सुर्खेतबाट खटिएका संयुक्त प्रहरी टोलीले उक्त स्थानमा जाँदा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ बस्ने अन्दाजि बर्ष २३ को भरत बि.क., ऐ.ऐ. वडा नं. १ बस्ने अन्दाजि बर्ष २० को संजय टमटा र जिल्ला कालिकोट पलता गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर वडा नं.८ बस्ने अन्दाजि वर्ष २७ नविन बमलाई शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेलापारी निजहरूको शरिर खानतलासि गर्दा निहजरूको साथबाट लागुऔषध जस्तो देखीने धुलो पदार्थ नापतौल गर्दा शुद्ध १३० (एक सय तिस मिलिग्राम) र NITRAZEPAM १६० ट्याब्लेट र ट्रमाडोल १० ट्याब्लेट सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैईरहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-१९

सुर्खेत, मिति २०८१/११/१८ गते अन्दाजि १९:४० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका -११ सुब्बाकुना स्थितमा लागुऔषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा जाँदा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ बस्ने बर्ष अन्दाजि २६ को गणेश कार्की, ऐ.ऐ. वडा नं. ०३ बस्ने बर्ष अन्दाजि २५ को युवराज चपाई र ऐ.ऐ. वडा नं. ०६ बस्ने बर्ष अन्दाजि २३ को गौरव रावललाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेलापारी निजहरुको शरिर खानतलासि गर्दा निजहरुको साथबाट लागुऔषध जस्तो देखिने धुलो पदार्थ नापतौल गर्दा शुद्ध ५३० (पाँच सय तिस मिलिग्राम) र ट्रामाडोल १३ ट्याब्लेट सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-१९

सुर्खेत,मिति २०८१/११/१७ गते अन्दाजि २३:०० बजे जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका- १०, तोलीखोला स्थित लागु औषधको ओसार पसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय, छिन्चु सुर्खेतबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा जाँदा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ०९ बस्ने बर्ष अन्दाजि २३ को सन्देश बस्याल सार्की,  ऐ.ऐ. बस्ने बर्ष २१ को गौरव रावल र ऐ.ऐ. १२ बस्ने बर्ष अन्दाजि २२ को विकास कुमार शाहलाई  शंकास्पद रूपमा हिडिरहेको अवस्थामा फेलापारी निजहरुको शरिर खानतलासि गर्दा निजको साथबाट लागु औषध जस्तो देखिने खैरो हिरोईन  नाप तौल गर्दा शुद्ध १.०० ग्राम (एक ग्राम) सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको । 

अवैध सामान बरामद ।
२०८१-११-१३

सुर्खेत,मिति २०८१/११/१३ गते जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका – ५, बबई स्थित अस्थाई प्रहरी चेकपोष्ट चेकिङमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको कर्णाली प्रदेश नं. ०७०५ को इ.भि.भेन (सार्वजनिक सवारि साधन) बाट बिल भरपाई नभएको निम्न अवैध फेन्सि आइटमका सामनहरु बरामद गरी यस पोष्टको नियन्त्रणमा राखिएको । बरामद सामनको अन्दाजि मुल्य रू.१,३६,६००/- (एक लाख छतिस हजार छ सय मात्र) रहेको । उक्त सवारि साधनलाई गन्तव्य स्थान तर्फ पठाईएको । निम्न :-  १)         जेन्स टिसट :- ५० पिस २)         फराक बच्चाको :- ४० पिस ३)         लेडिज पाईन्ट :- २० पिस ४)         लेडिज सुईटर :- ६० पिस ५)         लेडिज प्लाजा :- २५ पिस ६)         जेन्स हाप पाईन्ट :-१५ पिस ७)         कुर्ता सुरुवाल :- १६ पिस 

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०९

मिति २०८१/११/०९ गते जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका ११ सुब्बाकुना चेक पोष्ट स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध ब्युरो सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने अन्दाजि बर्ष ३१ को जनक सापकोटा र ऐ.ऐ. वडा नं. ३ बस्ने अन्दाजि बर्ष २२ को कुशल गिरीलाई चेकजाँच गर्ने क्रममा जनक सापकोटा साथ बाट लागुऔषध जस्तो देखिने नापतौल गर्दा शुद्ध तौल ७ ग्राम ८२० मिलिग्राम तथा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित जुम्लारोडबाट जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी बर्ष ३२ को तारा बि.क. लाई चेकजाँच गर्ने क्रममा लागुऔषध जस्तो देखिने नापतौल गर्दा शुद्ध तौल १ ग्राम २२० मिलिग्राम सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भैईरहेको । 

फरार प्रतिवादी पक्राउ ।
२०८१-११-०८

रुकुम पश्चिम, मिती २०८१।११।०८ गते जिल्ला अदालत रुकुम पश्चिमको फैसला मिती २०८०।०३।१७ गतेको लागत नं. १३९८ को लिखत किर्ते गरी अर्काको नामबाट परिक्षा दिएको मुद्दामा १ बर्ष कैद र १०,००० जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ स्थायी वतन भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका २ बस्ने बर्ष ४३ को लोकेन्द्र बहादुर चन्दलाई जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका १ शहिद मैदानबाट जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित रुकुम पश्चिम जिल्ला अदालतमा  उपस्थित गराई ,कारागारमा बुझाएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०५

सुर्खेत, मिति २०८१।११।०५ गते अन्दाजी १८:१५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा न.पा ०४ हर्रे स्थितमा इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट चेकिङमा खटिगएका प्रहरी टोलीले नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको चालक जिल्ला सुर्खेत बि.न.पा २ बस्ने वर्ष २३ को विरेन्द्र गुरुङले चलाएको क.प्र ०२००२ प १८५१ नं स्कुटीमा चेक जाँच गर्ने क्रममा स्कुटि चालकको साथबाट लागु औषध खैरो हिरोयन जस्तो देखिने धुलो पदार्थ नेपाली रु.५ को नोटमा बेटारी राखेको उक्त रुपैया सहित नाप तौल गर्दा १.१२० ग्राम र शुद्द नाप तौल गर्दा ०.१९० मिलिग्राम रहेको स्कुटि पछाडी सवार चालक जिल्ला सुर्खेत वि.न.पा २ बस्ने वर्ष २४ को मनोज गुरुङ सहित दुबै जना ब्यक्ति र लागुऔषध पदार्थ र स्कुटि सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०४

सुर्खेत, मिति २०८१/११/०४ गते अन्दाजी २१;३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्नगर न.पा.८ कालिञ्चोक स्थित करुवा होटलमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ला.औ. ब्युरो सुर्खेत बाट खटिएको सयुक्त प्रहरी टोलीले ऐ.ऐ. बस्ने बर्ष २४ को लथा सिजाली, ऐ.३ बस्ने बर्ष अन्दाजी २९ को दिनेश बि.सी., जिल्ला जाजरकोट जुनिचादी गा.पा.११ घर भइ हाल जिल्ला सुर्खेत बि.न.पा.८ भाडामा बस्ने बर्ष अन्दाजी २१ को राजेन्द्र बस्नेत लाइ चेकजाच गर्दा लथा सिजालीको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया (नाप तौल गर्दा सुद्ध ५० मिलिग्राम) फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<