प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
भदौ २०८२
प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट इलाका प्रहरी कार्यायल छिन्चु, सुर्खेतको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन उद्घाटन ।
२०८२-०५-०९

सुर्खेत, ९ भदौ,२०८२ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित इलाका प्रहरी कार्यालय छिन्चु परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, महिला आवास भवन तथा भान्सा घरको एक भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा आईजीपी थापाले भवनहरूको अवलोकन गर्नुका साथै परिसरमा वृक्षारोपण गरेर वातावरणीय उत्तरदायित्वप्रति प्रहरीको प्रतिबद्धता पनि दर्शाउनुभयो । उहाँले सम्बोधन गर्दै भने, “यी संरचनाहरू केवल इँटामाटोका संरचना होइनन्, प्रहरी र नागरिकबीचको विश्वासको द्योतक हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, घरेलु द्वन्द्व र सामाजिक विकृतिहरूको न्यूनीकरणमा यी भवनहरू परिवर्तनका आधारशिला बन्नेछन् ।”आईजीपी थापाले भवन निर्माणमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गर्दै प्रहरी–समुदाय सहकार्यको सशक्त सन्देश दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. पुष्पराज शाही, प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, भेरीगंगा नगरप्रमुख यज्ञ प्रसाद ढकाल, तथा Security and Justice Program (SJP) का Senior Project Manager Simon Peter O’Brien लगायत विशिष्ट अतिथिहरूले आ-आफ्ना मन्तव्य व्यक्त गर्दै प्रहरी सेवा र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई जोड दिनुभएको थियो । UNOPS को आर्थिक तथा प्राविधिक सहयोगमा रु. ३ करोड ३५ लाख २७ हजार ५२५ रुपैयाँ ९ पैसा लागतमा निर्माण सम्पन्न भएको उक्त सेवा केन्द्रको निर्माण प्रतिवेदन UNOPS का Senior Engineer शिशिर उपाध्यायले प्रस्तुत गर्नुभयो । कार्यक्रममा Operation Coordinator इन्द्र न्यौपानेले स्वागत मन्तव्य र प्र.ना.म.नि माधव प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । समारोहमा सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, राजनीतिक दलका अगुवा, स्थानीय समाजसेवी, संचारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-०५-०९

सुर्खेत, ९ भदौ २०८२ नेपाल प्रहरी संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक दिपक थापाज्यू निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा यस कार्यालयमा पाल्नु भई यस कार्यालयमा रहेको अमर प्रहरी स्मारिकामा पुष्पगुच्छा अर्पण, कार्यालय प्राङगणमा वृक्षारोपण, भौतिक संरचनाको निरीक्षण गर्नु भयो । आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक थापाज्यूले भौगोलिक जटिलताको बाबजुद उपलव्ध सीमित स्रोत साधन र जनशक्तिको उच्चतम उपयोग गरी समग्रमा प्रदेशस्थित शान्ति सुव्यवस्था अमन चयन कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् एवम् ट्राफिक व्यवस्थापन लगायतका कार्यमा प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता र निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उक्त अवसरमा लागूऔषध कारोबार, सवारी दुर्घटना, आत्महत्या, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू हालको परिपेक्क्षमा चुनौतिको रूपमा देखापरेको बताउँदै यस्ता गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय हुनुपर्ने, ट्राफिक व्यवस्थापनमा अझ शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने तथा भीड नियन्त्रणमा धैर्यता एवम् थप संयमता अपनाई कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो थियो । उक्त कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठज्यूले प्रहरी महानिरीक्षकज्यूले दिनु भएको निर्देशन अक्षरस पालना गर्ने गराउने बाचाका साथ धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाज्यू , प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालज्यू, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्र.उ. सुधिर राज शाहीज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्र.उ. भावेश रिमालज्यू, कर्णाली प्रदेश प्रहरी गण, सुर्खेतका कार्यालय प्रमुख प्र.उ. प्रेम सागर के.सीज्यू लगायत यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।