प्रहरी कार्यालय
रुकुम पश्चिम, सम्मानित रुकुम पश्चिम जिल्ला अदालतबाट लेनदेन मुद्धामा २ वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम मुसिकोट न. पा. १ घर भई हाल जिल्ला दाङ तुल्सीपुर उ.म.न.पा.५ बस्ने वर्ष ३८ को धनजित दमाईलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र इलाका प्रहरी कार्यालय तुल्सिपुर दाङको समन्वयमा मिति २०८१।०६।३० गते ०८:३० बजेको समयमा निजको घर वतनमा प्रहरी टोली खटी गई पक्राउ गरी सम्मानित रुकुम पश्चिम जिल्ला अदालतमा बुझाइएको ।
सल्यान,मिति २०८१।६।२९ गते १७:३० बजेको समयमा इलाका प्रहरी कार्यालय रागेचौर सल्यानबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्दाको फरार प्रतिबादीलाई निजहरुको घर वतन बाट पक्रउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई सम्मानित जिल्ला अदालत सल्यान बुझाइएको ।१:- जि.सल्यान कुमाख गा.पा.३ बस्ने सम्मानित जिल्ला अदालत सल्यानको लगत न. ७१-०८०-००१६३ मिति २०८१।०६।०३ गते फैसला अनुसार २ बर्ष ६ महिना कैद र रु.२५,०००।– जरिवाना तोकिएको बहुबिबाह मुद्दाको फरार प्रतिबादी बर्ष २७ को बल बहादुर पुन ।२:- जि.सल्यान कुमाख गा.पा.३ बस्ने सम्मानित जिल्ला अदालत सल्यानको लगत न. ७१-०८०-००१६३ मिति २०८१।०६।०३ गते फैसला अनुसार २ बर्ष ६ महिना कैद र रु.२५,०००।– जरिवाना तोकिएको बहुबिबाह मुद्दाको फरार प्रतिबादी बर्ष ३० की कमला पुन३:- जि.सल्यान कुमाख गा.पा.१ बस्ने सम्मानित जिल्ला अदालत सल्यानको लगत न. ०७१-०८०-००१२९ मिति २०८०।०७।१२ गतेको फैसला अनुसार ६ महिना कैद र रु.५,०००।–जरिवाना तोकिएको बर्ष ६६ को सार्के बुढा ।
रुकुम पश्चिम, मिति २०८१।०६।२८ गते अन्दाजी १३:०० बजे प्रहरी चौकी पुर्तिमकाडाँ रुकुम पश्चिमबाट खटि गएको प्रहरी टोलीले लगत नं. ९९२ को साधारण चोरी मुद्धाको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम सानिभेरी गाउपालिका -१ बस्ने वर्ष २३ को मिलन भन्ने खड्क बि.क. लाई आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुकुम पश्विममा ल्याइ सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पेश गरीएको ।
सल्यान, सम्मानित जिल्ला अदालत सल्यानको फैसला आदेश अनुसार २० बर्ष कैद सजाय तोकिएको लगत नं.४१ कर्तब्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला सल्यान दार्मा गाउँपालिका-५ ढाकाडाम बस्ने बर्ष ७० को गणेश बहादुर चन्द लाई अस्थायी प्रहरी पोष्ट ढाकाडाम सल्यानबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालत सल्यानमा पेश गर्ने कार्य भईरहेको ।
रूकुम पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम पश्चिमको लगत नं. ९९२ को साधारण चोरी मुद्धाको १५ दिन कैद तोकेको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम सानिभेरी गाउँपालिका-१ बस्ने वर्ष २३ को खड्क बि.क. लाई आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम ल्याई सम्मानित जिल्ला अदालत रूकुम पश्चिम पेश गरिएको ।
सल्यान, सम्मानित जिल्ला अदालत सल्यानको लागत न. ७१-०८०-०००७१ मा मिति २०८०।०३।२८ गतेको फैसला आदेशले २ बर्ष कैद र रु.४०,०००।– (चालिस हजार ) जरिवाना सजाय तोकिएको ठगी मुदाको फरार प्रतिवादी जिल्ला सल्यान वनगाड कुपिण्डे नगरपालिका-९ स्वारा बस्ने बर्ष २९ को गणेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरि टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालत सल्यानमा पेश गर्ने कार्य भईरहेको ।
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखालीमा प्रहरी चौकी बाङ्गेसिमल र लागूऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले ऐ.ऐ. बस्ने बर्ष ३४ को डम्बर भण्डारी र निजको श्रीमती बर्ष २३ कि अमृता कार्कि लाई शंका लागी चेक जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा १ ग्राम ६७० मिलिग्राम) सहित फेला पारी निज दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।