प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८२
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-३१

कालिकोट, मिति २०८२।०३।३१ गते अन्दाजी १८:०० बजेको समयमा जिल्ला कालिकोट खाडाचक्र नगरपालिका वडा नं. ६ मोल्फा स्थित अस्थायी प्रहरी पोष्ट मोल्फा, कालिकोटबाट खटिएको प्रहरी टोलीले बाटोमा संकास्पद रूपमा हिडिरहेको जिल्ला कालिकोट खाडाचक्र नगरपालिका वडा नं.७ बस्ने वर्ष १६ को प्रकाश मल्ललाई चेकजाँच गर्ने क्रममा निजले लगाएको जिन्स पाइन्टको पछाडिको खल्तिमा प्लाष्टिकले बेरी राखेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी नापतौल गर्दा शुद्ध नापतौल १.५० मिलिग्राम सहित बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, कालिकोट ल्याई थप अनुसन्धान भईरहेको ।

नक्कली(खोटा) नोट १२९३ थान नेपाली रूपैयाँ १२ लाख त्रिनब्ये हजार मात्र (१३ लाख बराबर) को नोट र लागुऔषध (अफिम जस्तो देखिने पोका) थान २६ जम्मा तौल ३० के.जी. ६७२ ग्राम बरामद सहित ४ पुरूष १ महिला नियन्त्रणमा
२०८२-०३-३१

सुर्खेत ·  मिति २०८२।०३।३० गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० शान्ति टोल स्थित जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष अन्दाजी २२ की दिलमाया सिंह ठकुरीले खोटा मुद्रा चलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली उक्त स्थानमा जाँदा दिलमाया सिंह ठकुरीको साथबाट खोटा मुद्रा नेपाली रू. १००० दरका ६ थान रू. ६,०००/-( अक्षेरूपी छ हजार मात्र) साथमा फेलापरी फेला पारी निजलाई नियन्त्रण बरामद गरेको ।  ·  मिति २०८२।०३।३० गते अन्दाजी १८:०० बजेको  समयमा जाली नोट सम्बन्धी थप अनुसन्धान क्रममा  जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ०५ खुर्पा बस्ने वर्ष अन्दाजी ३३ को राम बहादुर सिंह तथा निज दिलमाया सिंह ठकुरीको डेरा कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा नेपाली रू १००० दरका १२३६ जम्मा नेपाली रू. १२,३६०००/- ( अक्षेरूपी बाह्र लाख छत्तीस हजार मात्र) बरामद गरेको ।  ·  मिति २०८२।०३।३० गते अन्दाजी २२:०० बजे उक्त जाली नोट कसुरमा सङ्लग्न व्यक्तिको पक्राउ  तथा थप  अनुसन्धान गर्दै जाने क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका  वडा नम्बर ७  समकोट गमौडी घर भई हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२ ठकुरी टोल स्थित डेरा गरी बस्ने वर्ष ३५ को कृष्ण बहादुर वली, ऐ.ऐ. बस्ने वर्ष ३८ को प्रेम बहादुर बि.कलाई फेला पारी रीतपूर्वक निजहरूको डेरा कोठा तथा शरीर खानतलासी गर्दा निजहरूको लुकाई छिपाई राखेको कालो झोला भित्र अफिम जस्तो देखिने गिलो पदार्थ पोका ११ (एघार) जम्मा नाप तौल गर्दा शुद्ध ११ (एघार) किलोग्राम ३७२ मिलिग्राम फेलापारी बरामद गरी निजहरूलाई समेत नियन्त्रणमा लिएको । ·  मिति २०८२।०३।३१ गते अन्दाजी ०८:३० बजेको समयमा लागुऔषध (अफिम) तथा जाली नोट कसुरको थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय, सुर्खेत तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबार गर्ने नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको कार्य गर्ने जिल्ला कालिकोट नरहरीनाथ गाउँपालिका वडा नम्बर ४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.लि. नामक मिडिया सञ्चालन गरी बस्ने वर्ष अन्दाजी ३४ को मन बहादुर सहकारीलाई नियन्त्रणमा लिई निजले सञ्चालन गरेको मिडिया हाउस तथा निज बस्ने घरकोठा खानतलासी गर्दा निजको कोठाबाट नेपाली रू. १०००।-(एक हजार) दरका नक्कली नोटहरू ५१ थान नेपाली रू. ५१,०००।-( अक्षरूपी एकाउन्न हजार) फेला परेको र प्लाष्टिकमा पोका बनाई राखेका १५ पोकामा १९ (उन्नाईस) के.जी. ३०० (तीन सय) ग्राम लागूऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको साथै नक्कली नोट बनाउन प्रयोग गरिएको Canon प्रिन्टर थान-१, HITECH लेखिएको CPU थान १,  Zillion Tec लेखिएको Monitor थान १, Key Board थान-१, माउस थान-१, कार्डडिटर र चिप्स मेमोरी थान-१, Canon  क्यामेरा थान-१ समेत फेला पारी बरामद गरीएको । पक्राउ प्रतिवादीः-१. जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष अन्दाजी २२ की दिलमाया सिंह ठकुरी२.      जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा ०५ खुर्पा बस्ने वर्ष अन्दाजी ३३ को राम बहादुर सिंह३.  जिल्ला जाजरकोट कुशे गाउँपालिका ७  समकोट गमौडी घर भइ हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२ ठकुरी टोल स्थित डेरा गरी बस्ने वर्ष ३५ को कृष्ण बहादुर वली४.     जिल्ला जाजरकोट कुशे गाउँपालिका ७  समकोट गमौडी घर भइ हाल जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर १२ ठकुरी टोल स्थित डेरा गरी बस्ने वर्ष ३८ को प्रेम बहादुर बि.क ५. जिल्ला कालीकोट नरहरीनाथ गाउँपालिका वडा नम्बर ४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.लि. नामक मिडिया सञ्चालन गरी बस्ने वर्ष अन्दाजी ३४ का मन बहादुर सहकारी ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-३१

मिति २०८२/०३/३० गते अन्दाजी २१:३० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ०५ बबई चेक पोस्ट स्थित प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ लाटिकोईली बस्ने बर्ष १७ को कुशल मल्लले चलाएको क. प्र. ०२-००१ प ३२६२ नं. को मोटर साइकल र पछाडी सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ बस्ने बर्ष १७ को गोविन्द थापाको साथबाट नाप तौल गर्दा शुद्ध ५ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर र अर्को मोटरसाइकल चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने बर्ष २४ को गौरब कडेलले चलाएको क.प्र. ०२-००१ प ७०७४ नं. को मोटर साइकल र पछाडि सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने बर्ष २८ को प्रशान्त खनालको साथबाट नाप तौल गर्दा शुद्ध २ ग्राम ४० मिलिग्राम ब्राउनसुगर र २ पत्ता नाईट्राजेपाम  गरी जम्मा ७ ग्राम ४९० मिलिग्राम ब्राउनसुगर र नाईट्राजेपाम २ पत्ता सहित बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-३०

सुर्खेत ,मिति २०८२।०३।२९ गते अन्दाजी १९:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुब्बाकुना स्थित लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका विशेष प्रहरी टोली, लागुऔषध नियन्त्रण ब्युरो, सुर्खेतको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले  उक्त स्थानमा गई नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको  क.प्र.०२-००१ प ७००६ न. को मोटर साइलकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल चालक  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुब्बाकुना बस्ने अन्दाजि बर्ष ३२ को भुपेन्द्र पोखरेललाई शंकास्पद अवस्थामा फेलालारी निजको शरीर खानतलासी चेकजाँच गर्दा निजको साथबाट नापतौल गर्दा शुद्ध १ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ  फेलापारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-२९

सुर्खेत ,मिति २०८२।०३।२८ गते अन्दाजी २१:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुब्बकुना स्थितमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय, सुर्खेतवाट खटिएको संयुक्त प्रहरी टोलि उक्त स्थानमा खटी गई नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२००१ ज ०६४३ नं. को ई.भी. गाडी लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं. २ स्थायी वतन भई हाल वीरेन्द्रनगर नगरपालिका -१२ चनौटे बस्ने अन्दाजी बर्ष २४ को युवराज शाहीलाई शंकास्पद अवस्थामा फेलापारी निजको शरिर खानतलासी गर्दा निजको साथबाट शुद्द तौल ९ ग्राम ३५० मिलिग्राम (नौ ग्राम तिस सय पचास मिलिग्राम) रहेको गिलो प्रदार्थ लागुऔषध (ब्राउनसुगर) जस्तो देखिने फेलापारी  बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८२-०३-२६

सुर्खेत, मिति २०८२।०३।२५ गते अन्दाजी १८:३० बहेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १० तालबारी स्थित लागुऔषध अफिमको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत तथा इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उक्त स्थानमा गई सोधपुछ गर्दा जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं. १० सिर्पा बस्ने अन्दाजी बर्ष ४६ का जय बहादुर बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी रितपुर्वक निजको शरीर खानतलासी गर्दा निजले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अफिम जस्तो देखिने गिलो पदार्थ शुद्ध ५ (पाँच) किलोग्राम ५४० (पाँच सय चालीस) ग्राम फेलापारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी सकुरमा सम्मानित अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको ।