प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ज्यान मार्ने उद्योग मुद्वाको फरार प्रतिवादी पक्राउ ।

२०७९-०४-२२

  • A
  • A-
  • A+
Share

मिति २०७९।०४।२२ गते अं. ०८:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -०२ कर्णाली केयर नजिकै विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएका प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्वाको फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका -०२ बस्ने बर्ष २४ को वविन शाही लाई निजको घर वतन बाट नियन्त्रण लिई आवश्यक अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
घरको छतबाट खसी १ जना घाईते ।
२०७९-०६-१६

मिति २०७९।०६।१६ गते अं. ०३;३० बजेको समयमा बाँके बैजनाथ गाँउपालाक बानियाभार घर भई हाल नेपाली सेनाको नयाँ सवुजगण सुरक्षा वेस क्याम्प छिन्चु पोष्टमा कार्यरत बर्ष २५/३० को बिकास चौधरी भेरीगंगा नगरपालिका १२ देउती टोल बस्ने धर्मराज बुढाको घरबाट खस्न गई घाईते भएको भनि ऐ. घर भाडामा बस्ने बर्ष ५० को कालि बहादुर रावतले टेलिफोन मार्फत जानकारी गराए पश्चात ५ जना प्रहरी टोली खटिगएको घाईतेलाई तत्काल उपचारको लागि छिन्चु स्थित भेरीगंगा पोलिकिल्निकमा सासमान्य उपचार पश्चात कर्णाली प्रदेश अस्पातल कालगाउ सुर्खेत तर्फ पठाईएको घाईतेको टाउको, छातिको दाहिने साईटमा चोट अबस्था बोल्न नसक्ने घाईतेको साथमा नेपाल आर्मीको जम्दार कृपाराम थारु रहेकोमा उक्त घाईते ०७:४० बजे डिस्चार्ज भई गएको ।

जीप सडकबाट खस्न जाँदा २ जनाको घटनास्थलमै मृत्यु १७ घाईते ।
२०७९-०६-१५

मिति २०७९।०६।१५ गते अ.०६:४० बजेको समयमा जिल्ला सल्यान कुमाख गाउपालिका ०७ जिमाली स्थित भित्री कच्ची सडक खण्डमा ऐ. डुमकोटबाट शारदा नगरपालिका ११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्नको लागि आउँदै गरेको जि.सल्यान कुमाख गा.पा.३ चिनाली बस्ने वर्ष अ.२३ को अर्जुन मगरले चलाई ल्याएको रा.१ ज.७९८ नं. को जिप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट अ.१०० मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त जीपमा सवार १९ जना मध्ये २ जनाको घटनास्थलमानै मृत्यु भएको अन्यलाई उपचारको लागि जिल्ला सल्यान थारमारे स्थित सहज पोलिक्लिनिक र जनप्रिय पोलिक्लिनिकमा ल्याई उपचार भईरहेकोमा निम्न घाईतेहरुलाई थप उपचारको लागि गम्भिर घाईते २ जना लाई हेलिकप्टर र १५ जनालाई गाडिद्धारा नेपालगंज रिफर गरिएको ।                          उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट चोरपानी सल्यानबाट प्र.स.नि. टिकाराम रानाको कमाण्डमा २ जना, ई.प्र.का. थारमारे सल्यानबाट प्र.नि.कनक ब.शाहीको कमाण्डमा १३ जना र जि.प्र.का.सल्यानबाट प्र.ना.उ.दामोदर  के.सी.को कमाण्डमा ९ जनाको प्रहरी टोली खटी गएको ।मृत्युको विवरण:-1=  जि. सल्यान कुमाख गाउपालिका वडा नं. ०७ डुमकोट बस्ने वर्ष ३९ को मान बहादुर पुन (घटनास्थलमै मृत्यु)2=  ऐ.ऐ. बस्ने वर्ष १४ की एनका पुन (घटनास्थलमै मृत्यु)निम्न घाईतेहरु :-1=  जिल्ला सल्यान कुमाख गाउपालिका ‍०३ चिनाली बस्ने वर्ष अ.२३ को अर्जुन मगर (चालक) 2=  ऐ.ऐ.बस्ने वर्ष अ. २३/२४ की सुनिता बोहरा पुन मगर (अवस्था सिरियस),  निजकै छोरी अ.६ महिनाको अवस्था सामान्य थप उपचारको जिल्ला अस्पताल सल्यानमा पठाएको । 3=  ऐ.ऐ .७  तातकोट बस्ने बर्ष अं.१५ को तिलक गोसाई टाउको, खुट्टामा चोट अवस्था मध्यम ।4=  ऐ.ऐ.बस्ने बर्ष अं.४९ गंग बहादुर पुन छाति कम्मर र हातमा चोट अवस्था मध्यम। 5=   ऐ.ऐ. बस्ने बर्ष अं.३३ कि अनिता पुन हात,छाती र टाउकोमा चोट अवस्था मध्यम । 6=  निजकै छोरा बर्ष अं.६ को जिबन पुन टाउको र छातीमा चोट अवस्था मध्यम ।7=  ऐ.ऐ.बस्ने बर्ष अं.२० की झुपा पुन ढाड, मुख र हातमा चोट अवस्था मध्यम । 8=  ऐ.ऐ. बस्ने बर्ष अं.२६ की शुसिला पुनको शरीरको बिभिन्न भागमा चोट र दाहिने हात भाचिएको अवस्था मध्यम ।9=  ऐ.ऐ.३ चिनाली बस्ने बर्ष अं.४१ दन्नी ओलीको ढाडमा चोट अवस्था मध्यम ।10= ऐ.ऐ.७ डुमकोट बस्ने बर्ष अं.२ को सन्देश पुन अवस्था सामान्य । 11= ऐ.ऐ.३ राम्री बस्ने बर्ष अं.१९ की रुपा रावत ओली टाउको, ढाडमा चोट अवस्था मध्यम । 12= ऐ.ऐ. बस्ने बर्ष अं.२० को लोकेन्द्र ओली घाँटी,हात र खुट्टामा चोट अवस्था मध्यम । 13= ऐ.ऐ.७ डुमकोट बस्ने बर्ष अं.१६ को हेमराज पुन कान र खुट्टामा चोट अवस्था मध्यम ।14=ऐ.ऐ. ७ जिमाली बस्ने बर्ष अं.१३ की प्रतिभा पुन शरीरमा भित्री चोट अवस्था मध्यम । 15= ऐ.ऐ. ७ डुमकोट बस्ने बर्ष अं.१५ को भरत बुढा मगर शरीरको भित्री भागमा चोट अवस्था मध्यम 16= ऐ.ऐ.बस्ने बर्ष अं.३६ की भुमि पुन टाउको र ढाडमा चोट अवस्था मध्यम ।

स्कुटी र मोटरसाईकल सहित मानिस नियन्त्रणमा ।
२०७९-०६-१५

मिति २०७९।०६।१५ गते ०१:०० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका ०९ लाटिकोईलि चोक स्थित प्रहरी टोलिले लाटिकोईली बाट बजार तर्फ आउदै गरेको भे ७ प ३०५५ न.को मोटरसाईकल  र भे ८ प १७१४ न.को स्कुटी लाई रोकी चेकजाँच गर्दा दुबै सवारी साधनको कुनै पनि कागजपत्र नभएकोले दुबै सवारी साधनका चालक लाई सोधपुछ गर्दा भे८ प १७१४ न.को स्कुटी ऐ बस्ने बर्ष ३५ की रीता श्रेष्ठको आफ्नै घर अगाडी पार्किङ गरी राखेकोमा चोरी ल्याएको भन्ने खुलेकोले दुबै सवारी साधन र चालक जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका ५ बस्ने बर्ष १९ को कमल थापा मगर, ऐ ऐ बस्ने बर्ष १९ को प्रकाश गाहा मगर लाई नियन्त्रण्मा लिई आबस्यक कारवाहीको भईरहेको ।