प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडि मृत्यु ।

२०७९-०४-१९

  • A
  • A-
  • A+
Share

मिति २०७९।०४।१९ गते अं.०९:३० बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका ‍-१० मोख्ला स्थित पुरुष व्यक्ती मृत अवस्थामा छ,भनि स्थानिय महेश बुढाथोकीले टेलिफोन मार्फत जानकारी गराएपश्चात उक्त स्थानमा प्रहरी टोली खटिगई बुझ्दा निज मृतक ऐ.छ्त्रेश्वरी गाउपालिका -०४ झिम्टे बस्ने वर्ष अं.५३।५४ को लोकमान खत्री हिजो मिति २०७९।०४।१८ गते अं.२०:०० बजेको समयमा ऐ.मोख्ला बजारवाट मादक पदार्थ सेवन गरी  ऐ.१० पुरिचौर भन्ने स्थानमा आफन्तलाई भेट्न जान्छु भनि गएको र ऐ.ऐ.स्थित शिबगुफा सामुदायिक बनभित्रको गोरेटो बाटोबाट अं.१५० मिटर तल खसि मृत अवस्थामा रहेको, थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयह सल्यानबाट Soco सहित ५ जनाको प्रहरी टोली खटिई गएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१२-२१

   सुर्खेत,  जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित रत्नराजमार्गमा अस्थायी प्रहरी पोष्ट बबई र लागूऔषध ब्यूरो कर्णाली प्रदेशबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१ख ४११४ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ वस्ने वर्ष २२ को मदन वादी लाई शंका लागि चेकजाँच गर्दा निजको साथ बाट लुकाइ छिपाइ राखेको नाप तौल नगरेको लागू औषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया फेला पारी नियन्त्रण लिई  थप अनुसन्धान भईरहेको ।