प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित २ जना पक्राउ ।

२०७९-०४-१९

  • A
  • A-
  • A+
Share

मिति २०७९।०४।१९ गते १३:३० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका ७ गुरुङचोक स्थित कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ला.औ.ब्युरो,प्रदेश ला.औ.ब्युरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला दैलेख नौमुले गाँउपालिका २ घर भई हाल ऐ.स्थित बाटु सार्कीको घरमा कोठा भाडा लिई बस्ने जिबन कुमार सिंह र निजको श्रीमती बिमला बुढा क्षेत्रीलाई शंका लागी कोठामा बसिरहेको अबस्थामा चेक जाँच गर्दा निज बिमला बुढा क्षेत्रीको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ १ पोका (नापतौल नगरेको) फेला पारी बरामद गरी ला.औ.सहित दुबै जनालाई नियन्त्रणमा लिएको उक्त स्थानमा ५ जना प्रहरी टोली खटिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।