प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरको तलाबाट खसी बृद्धा घाईते ।

२०७९-०४-२२

  • A
  • A-
  • A+
Share

मिती २०७९।०४।२२ गते अ.०५:३० बजेको समयमा जिल्ला सल्यान छत्रेश्वरी गाउपालिका -०६ लान्ती बस्ने वर्ष ५० को शिब बहादुर दसौदी पिसाब फेर्ने भनि तल झर्ने क्रममा आफ्नै घरको माथिल्लो तलाको बार्दलीबाट एक्कासी खस्न गई टाउकोमा गहिरो चोट गम्भिर घाईते भई उपचारको लागि श्रीनगर सल्यान स्थित कर्णाली हस्पिटलमा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.०७:०५ बजेको समयमा महेन्द्र अस्पतालमा दाङ घोराईमा  उपचार भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-१२-२१

   सुर्खेत,  जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित रत्नराजमार्गमा अस्थायी प्रहरी पोष्ट बबई र लागूऔषध ब्यूरो कर्णाली प्रदेशबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको भे.१ख ४११४ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ वस्ने वर्ष २२ को मदन वादी लाई शंका लागि चेकजाँच गर्दा निजको साथ बाट लुकाइ छिपाइ राखेको नाप तौल नगरेको लागू औषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पुडिया फेला पारी नियन्त्रण लिई  थप अनुसन्धान भईरहेको ।