प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरले पुरिएर मृत्यु ।

२०७९-०३-१९

  • A
  • A-
  • A+
Share

डोल्पा- मिति २०७९।०३।१९ गते अ.०५:००बजेको समयमा जिल्ला डोल्पा शे-फोक्शुण्डो गा.पा.०३ स्थित टसि तुण्डुप गुरुङको वर्षातको कारणले ढुङ्गा माटोले बनेको घरको पुर्व पट्टिको कोठाको पर्खाल भत्किएर जिल्ला जारजकोट नलगाड न.पा.०७ घर भएका सोही स्थानमा मजदुरी काम गर्दै आएका वर्ष अन्दाजि ३१ को भरत बि.क.को मृत्यु भएको छ । 

सम्बन्धित समाचार
सुख्खा पहिरोमा परी एक जनाको मृत्यु एक जना घाईते ।
२०७९-०३-२१

 मिति २०७९।०३।२१ गते अं.०९:३० बजेको समयमा जिल्ला सुर्खेत पंचपुरी नगरपालिका -० ७ डौरी खोला भन्ने स्थानमा माथिबाट पहिरो आई २ जना मानिसहरु बेपत्ता भएको भन्ने ०९:५० बजे खबर प्राप्त हुनासाथ प्रहरी टोली  घटनास्थल तर्फ खटिगई बुझ्दा अछाम बाट कैलाली तर्फ गोरेटो बाटोमा पैदल जाँदै गरेका जिल्ला अछाम तुर्माखाँद गाउपालिका -०६ रानिवन बस्ने बर्ष ७२ को रती कामीलाई ढुङगाले टाउकोमा चोट लागि घाईते भएको, अबस्था सिरियस, निजको साथमा आएकी ऐ. बस्ने बर्ष ७५/७६ की अमृता जैशी सोही पहिरोमा परी कम्मर मुनी आधा शरीर पुरिएको, अबस्था अचेत माथिबाट पहिरो सहित  स-साना ढुङगा आईरहेकोले उद्वार गर्न नसकिएको । ऐ. ११:३० बजे पहिरोमा पुरिएकी अमृता देवी जैशी लाई पहिरोबाट बाहिर निकालिएको निजको मृत्यु भईसकेको घाईते रती कामिलाई उपचारको लागि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा  उपचार भईरहेको, अवस्था गम्भिर ।

आफ्नै घरको कोठाभित्र खाटमा मृत अवस्थामा फेला ।
२०७९-०३-२१

मिती २०७९।०३।२१ गते अ.१२:२५ बजेको समयमा जिल्ला सल्यान कपुरकोट गाउपालिका -०५ बुढाटोल बस्ने नरनारायण बुढाको श्रीमती वर्ष अ.४७।४८ की साबित्री कुमारी बुढा आफ्नै घरको कोठाभित्र खाटमा मृत अवस्थामा रहेको भनि टेलिफोन मार्फत प्रहरी चौकीमा जानकारी हुनासाथ प्रहरी टोली खटिई बुझ्दा निज मृतक महिला घरमा एक्लै बस्ने गरेको श्रीमान श्रीमती वीच सम्बन्ध राम्रो नभएको श्रीमान ऐ.५ खालीबजारमा फर्निचर पसल संचालन गरी बस्ने गरेको र निज महिलाको २।३ दिन पहिले नै मृत्यु भएको जस्तो देखिएको र लाशबाट गन्ध आईरहेको मृत्युको कारण खुल्न नआएको, थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लुहाम सल्यानबाट प्रहरी निरीक्षक कमाण्डमा Soco सहित ५ जनाको टोली खटिगई आवश्यक अनुसन्धान भईरहेको ।  

मोटरसाईकलको ठक्कटबाट बालक घाईते ।
२०७९-०३-२०

मिति २०७९।०३।२० गते अन्दाजी १८:३० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नं.-०३ उत्तर गंगा नजिक भुरेली बाट बजार तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाइकलले  पैदल यात्री जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -०२ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका -०३ उत्तर गंगा बस्ने जय बहादुर बुढाको छोरा बर्ष ५ को राम राज बुढालाई ठक्कर दिदा घाईते भई उचारको लागि कर्णाली केयर अस्पताल सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.२१:०० बजेको समयमा कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको, अबस्था बोल्न सक्ने । मोटरसाईकल चालक फरार  खोजी कार्य भईरहेको ।