प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पौडी खेल्ने क्रममा डुवी मृत्यु ।

२०७९-०१-२७

  • A
  • A-
  • A+
Share

प्रहारी चौकी भैरवी दैलेख :-मिति २०७९।०१।२७ गते अं.१४:०० बजेको समयमा जिल्ला दैलेख भैरवी गाउपालिका  २ स्थित तिप्‍तडा स्थित कुन्टे तलाउमा पौडि खेल्ने भनि आएका ऐ.दुल्लु नगरपालिका ८ बस्ने शक्ति भण्डारीको छोरा बर्ष १८ को गोबिन्द भण्डारी लगत १२ जना केटाहरु उक्त तलाउमा पौडि खेल्ने भनि आएकोमा,उक्त तलाउमा पौडि खेल्ने क्रममा निज गोबिन्द भण्डारी डुबि मृत्यु भएको भन्ने खबर ऐ.१७:०० बजे प्राप्त हुना साथ यस चौकीबाट  प्रहरी टोलि खटि गएको ।

सम्बन्धित समाचार
दैलेखमा जिप दुर्घटना हु्ँदा ५ जना घाईते ।
२०७९-०२-१३

मिती २०७९।०२।१३ गते अ.१०:०० बजेको समयमा दैलेख नारायण नगरपालिका-८ दासेढुङ्गा स्थित बेस्तडाबाट दैलेख तर्फ आउँदै गरेको ना.५ च.३१४१ नं.को बलेरो जिप साईड लिने क्रममा सिलिप खान गई दुर्घटना उक्त स्थानमा जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा टोली खटिइ जिल्ला दैलेख भगवतिमाई गाँउपालिका १ बस्ने अन्दाजी वर्ष २४ की तुल्सा बि.क सहित अन्य ५ जना घाईते भएको घाईतेहरुको द्धार गरी  उपचारको लागि जिल्ला अस्पताल दैलेखमा पठाईएको । उक्त स्थान जि.प्र.का.बाट अं.८ कि.मि.दक्षिण पर्ने ।  सवारी चालक नियत्रणमा, गाडी घटनास्थलमा नै रहेको, घटनाको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको ।घाईतेहरुको विवरण१)जिल्ला दैलेख भगवतिमाई गा.पा. १ बस्ने बस्ने बर्ष २४ कि तुल्सा बि.क. दाहीने गालामा चोट अबस्था मध्यम । २) ऐ ऐ बस्ने तुलसा बि.क.को छोरी बर्ष ६की भूमिका बि.क.शरीरको भीत्री चोट मध्यम। ३) ऐ ऐ बस्ने तुलसा बि.क.को छोरा बर्ष ५ को अर्पन बि.क. शरीरको भीत्री चोट । ४)ऐ ऐ १ पग्नाथ बस्ने बर्ष १६ की लक्ष्मी बि.क. शरीरको भीत्री चोट मध्यम। ५)ऐ ऐ बस्ने बर्ष ९ कि रिता बि.क. शरीरको भीत्री चोट मध्यमा । ६) ऐ ७ बस्ने बर्ष ४२ को गणेश कामी छातीमा चोट अबस्थ बोल्न सक्ने ।

सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाईते ।
२०७९-०२-१३

मिती २०७९।०२।१३ गते अ.११:४० बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका ८ गजौरा स्थित भित्री सडकखण्डमा पातिहाल्नाबाट तुल्सीपुर दाङ तर्फ सवारी बोकी जाँदै गरेको ना.३ ख.३८८४ नं.को बस चालकले ओरालोमा रोकी ओट लगाई बिपरित दिशाबाट आई रोकिराखेको रा.१ ख.१५५२ नं.को टिप्परतर्फ हेर्न जाँदै गर्दा एक्कासी बस गुड्न गई वाँया साईडको भित्तामा ठोक्किएको,  सोही दिशाबाट आएको रा.५ प.२७३५ नं.को मोटरसाईकल च्यापिन पुगि दुर्घटना हुँदा जिल्ला सल्यान बागचौर नगरपालिका ८ कोटमौला बस्ने वर्ष ४८ को अजमद कामी दुबै खुट्टामा चोट अवस्था गम्भिर । मोटरसाईकलको पछाडी सवार ऐ.ऐ. गैरागाँउ बस्ने वर्ष ६३ की चम्फा ढकाल बाँया हातमा चोट अवस्था सामान्य । बसमा सवार ५ जना घाईते भएको र निजहरुको स्थानिय पोलिक्लिनिकमा उपचार भईरहेको । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय थारमारेबाट ट्राफिक सहित प्रहरी टोली खटिई घाइतेहरुको उद्धार गरी चालक र सहचालकलाई नियण्त्रणमा लिई ईलाका प्रहरी कार्यालयबाट अनुसन्धान भइहेको । 

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु २१ जना घाईते ।
२०७९-०२-११

मिति २०७९।०२।११ गते अन्दाजी २०:०० बजेको समयमा जिल्ला दैलेख आठबिस नगरपालिका २ सिस्ने स्थित कर्णाली राजमार्गमा कालीकोटबाट नेपालगंज तर्फ आउदै गरेको म १ ख ६६० नम्वरको यात्रु बाहक बस सडक देखी अं.३० मिटर तल कर्णाली नदीको किनारमा खस्न गई दुर्घटना हुँदा जिल्ला दैलेख दुल्लु न.पा.९ बस्ने बर्ष ३२ को प्रेम सुनार, ऐ ऐ बस्ने बर्ष ३६ को काशिराम पाण्डे, जिल्ला कालीकोट पलाता गा.पा.३ स्थाई वतन भई हाल जिल्ला कैलाली लम्की बस्ने बर्ष ३५ को ज्ञान बहादुर बमको घटना स्थलमानै मृत्यु भएको र जिल्ला कालीकोट पचालझरना गा.पा.३ बस्ने बर्ष अ.६० की धनकला शाहीको उपचारको क्रममा मृत्यु भएको र अन्य २१ जना यात्रुलाई स्थानीय मेडीकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको उक्त स्थानमा ईलाका प्रहरी कार्यालय राकम दैलेखबाट ३ जना, ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ५ जना, जिल्ला प्रहरी कार्यालय दैलेखबाट ९ जना, प्रहरी चौकी पाल्तडा दैलेखबाट ३ जना र जलबिद्युत आयोजना सुरक्षा बेस डाब दैलेखबाट सशस्त्र प्रहरी बलबाट १५ जनाको प्रहरी टोली उद्दारको लागि खटी गएको चालक जिल्ला बाँके नेपालगंज उ.म.न.पा-२० राझाँ बस्ने बर्ष २८ को सुरेन्द्र डाँगी क्षेत्री प्रहरीको नियन्त्रणमा रहेको ।

भलिबल खेल्नेक्रममा झै- झगडा भइ कुटपीटबाट मृत्यु सम्बन्धी घटना : ।
२०७९-०२-०४

मिति २०७९।०२।०३ गते १९०० बजेको समयमा जि.जाजरकोट जुनिचाँदे गा.पा. ९ धडगाँउ बस्ने बहादुरे खड्काको छोरा वर्ष ३६ को रेशम बहादुर खड्कालाई भलिवल खेल्ने क्रममा कुटपिट गरी घाईते भएको । मिति २०७९।०२।०४ गते १४:०० बजे ई.प्र.का.पंचलादहमा जानकारी आइ निज घाईतेलाई उपचारको लागी सुर्खेत लैजाने क्रममा ऐ राती  २४:०० बजे समयमा  बाटोमै मुत्यु भएको ।ईलाका प्रहरी कार्यालय पंचलादह बाट १ घण्टा पश्चिम पर्ने घरमा मृतक लास ल्याई राखेकोले ई.प्र.का.पंचलादह बाट प्र.स.नि. को टोली र थप अनुसन्धानको लागि जि.प्र.का.जाजरकोटबाट प्र.नि. पुष्करराज पन्तको कमाण्डमा अनुसन्धान टोली खटिई जि.प्र.का. जाजरकोटबाट ७५ कि.मि.पश्चिम पर्ने बिभिन्न स्थानबाट कुटपिट गर्ने निम्न विवरणका ५ जना व्यक्तिहरुलाई  प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्याल, जाजरकोटबाट अनुसन्धान भइरहेको ।निम्न:-                                                                     १)      जि.जाजरकोट जुनिचांदे गा.पा.९ धडगाँउ बस्ने वर्ष २५ को नरेन्द्र बस्नेत२)      ऐ ऐ बस्ने वर्ष २० को जनक बस्नेत३)      ऐ ऐ बस्ने वर्ष १७ को रविन बस्नेत४)      ऐ ऐ बस्ने वर्ष २० को प्रेम बहादुर बस्नेत ५)      ऐ. गा.पा. वार्ड नं. ९ बस्ने वर्ष ३० को शिव बस्नेत ।