प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्यालको आक्रमणबाट मानिस घाईते ।

२०७८-०८-१५

  • A
  • A-
  • A+
Share

ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिम मिति २०७८।०९।०१ गते अं.१६:५५ बजेको समयमा चौरजाहरी एयरपोर्ट स्थित ऐ.२ बस्ने चौरजहारी एयरपोर्टको कार्यालय सहयोगी सभावना पुन (क्षेत्री)को छोरा बर्ष ३ को समुनत पुनलाई एयरपोर्ट भित्र चौरमा सुताई आफु कपडा धोईरहेको अबस्थामा जंगली स्याल आई निज समुनत पुनलाई आक्रमण गरीरहेको अबस्थामा एयरपोर्ट सुरक्षार्थ खटिएका प्रहरी जवान झलक गिरीले देखी सोही बालक भएको ठाउमा घई स्याललाई धपाउन खोज्दा स्यालले उल्टै प्रहरी जवानलाई समेत आक्रमण गरी  दाहिने हातको नाडीमा टोकी घाईते बनाई  दुबै जनालाई उपचारको लागी मिसन अस्पातल चौरजहारीमा पठाएको अबस्था सामान्य । ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुम पश्चिमबाट प्रहरी टोली खटिगई स्थानीय र प्रहरीको सहयोगमा स्याललाई मारेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना ।
२०७८-१०-०२

माघ ०२  कालिकोट आज मिति२०७८/१०/०२ गते अन्दाजी ०९:३० बजेको समयमा जिल्ला कालिकोट शुभकालिका गाँउपालिका १ कर्णाली करिडोरको पुल नजिकै नेपालगंन्जबाट बाजुरातर्फ चामल लोड गरी जिल्ला दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ०९ बस्ने बर्ष २३ को हिक्मत थापाले चलाई ल्याएको ना ८ ख ९०४२ नं. को ट्रक ओरालोमा ब्रेक नलागी रोडदेखि अन्दाजी ५० मि. तल खस्न गई ट्रकमा रहेको २०० बोरा चामल र ५० कार्टुन तेल क्षेति भएको गाडीको अगाडिको भाग कुच्चिएको, चालक,सह-चालक र सवारी धनी रहेको उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट हुल्म,कालिकोटबाट ४ जना प्रहरी खटी गएको चालक प्रहरीको नियन्त्रणमा रहेको ।पुस ३० सुर्खेतमिति २०७८।०९।२९ गते २०:४० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं.३ सुर्खेत अस्पताल स्थित युटन गर्न लागेको क.प्र.०२००१क.०८० नम्बरको मिनिट्रकमा मुलपानीबाट ऐरीचोक तर्फ आउदै गरेको भे.६प. ४७४६ नम्बरको मोटरसाईकल ठोकिन गई दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगपालिका २ बस्ने बर्ष २२ को जिबन थापा मगर घाईते भई सुर्खेत अस्पतालमा उपचचार भई रहेको मुख र शरिरको भागमा चोट रहेको अवस्था बोल्न सक्ने उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ४ जना प्रहरी खटिगएको मिनिट्रक चालक र दुबै सवारी साध ट्राफिकको प्रहरीको नियन्त्रणमा रहेको ।पुस ३० सल्यानमिति २०७८।०९।२९ गते २२:२० बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं. ६ कोल्टेकोला स्थित भित्री कच्चि सडक खण्डमा दुधिलाकोटबाट ढाडेमारे तर्फ चामल र जस्ता बोकी जादै गरेको रा १ त २९२३ नं. को ट्याक्टर सडक बाट ५० मिटर तल खोल्सामा खस्न गई दुर्घटना हुँदा ट्याक्टरमा सवार सामानको साहु ऐ ऐ बस्ने बर्ष ४५ को बिर बहादुर वली घाईते भई उपचारको लागी मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भईरहेको मुख र दाँया हातमा चोट, अबस्था मध्यम भनी आज मिति २०७८।०९।३० गते बिहान ०५:३० बजे आफन्तले जानकारी गराए पश्चात ईलाका प्रहरी कार्यालय थारमारे सल्यानबाट ५ जना प्रहरी खटिई गएको ,चालक फरार रहेको ।