प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रक दुर्घटना हुँदा मानिसको मृत्यु ।

२०७८-०८-०९

  • A
  • A-
  • A+
Share

मंसिर १३,२०७८

आज मिति २०७८।०८।१३ गते अ. ०८:५० बजेको समयमा जिल्ला कालिकोट नरहरीनाथ गाउपालिका -०१ मिलाका स्थित जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका बस्ने किरण बहादुर भुजाले चलाई ल्याएको बा ५ ख ४६४३ नं. को ट्रकमा डिजेल र सिमेन्ट लोड गरी जिल्ला कालिकोट नरहरीनाथ गाउपालिका -०१ एरपोट तर्फ लैजाँदै गर्दा ऐ.ऐ. स्थित  उकालो मोडमा मोड्ने क्रममा ब्रेक नलागी ब्याक भई अ. ३० मि. तल पल्टिन गई  दुर्घटना हुँदा ४ जना मध्य ऐ. बस्ने बर्ष  अ. ५८ को जय बहादुर बिष्ट को घटना स्थलमै मृत्यु भएको र ठेगाना नखुलेको गाडी साहु नेत्र बहादुर बिष्ट घाईते भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली अ.१०:३० बजे समयमा पुगी बुझ्दा चालक र सह-चालक सकुसल रहेको र उक्त घाईतेलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्धारा  १३:३५ बजेको समयमा ल्यान्ड भई ऐ.-१३:५० बजेको समयमा घाईतेलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेतको लागि टेकअप भएको । चालकको खोजी कार्य जारी रहेको


सम्बन्धित समाचार
जुम्लामा :- बस दुर्घटना दुईजना मृत्यु दुई जना घाईते ।
२०७८-०८-१५

प्रहरी चौकी नराकोट जुम्ला । मिति २०७८/०८/१५ गते अं. ०८:१५ बजेको समयमा सिँजा गाउपालिका  १ जाँच भन्ने स्थानमा गोठिज्युलाबाट सुर्खेत तर्फ जादै गरेको ना ६ ख ४४३८ नम्वरको गाडी सडक देखि अं. १०० मिटर तल खस्न गई दुर्घटना भएको भन्ने खवर प्राप्त हुना साथ प्रहरी टोली खटि गई बुझ्दा उक्त गाडीमा सवार निम्न स्थान वस्ने निम्न व्यक्तिहरु घाईते तथा मृत्यु भएको । १. जि.जुम्ला कनकासुन्दरी गाउपालिका -७ जियापाटा वस्ने वर्ष ३२ को बिरबल घर्ति टाउँकोमा चोट अवस्था (गम्भिर) २. ऐ.रोकायावाडा वस्ने वर्ष ४० कि उब्जी कार्की टाउँकोमा चोट अवस्था (गम्भिर)  घाईतेहरुलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तर्फ ल्याउदै गरेको । ३. जिल्ला दैलेख गुराँस गाउपालिका - वडा नम्वर नखुलेको वस्ने वर्ष ३२ नविन रावल (मृत्यु) चालक । ४. जिल्ला कालिकोट पचालझरना गाउपालिका वडा नम्वर नखुलेको वस्ने वर्ष ३२ को विशाल बम (मृत्यु) साथै- घटनास्थल तर्फ जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द, प्रमुख जिल्ला अधिकारी, नि.दुर्गा कुमारी प्रसाई, सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ सहित टोली खटिगएको ।  

मोटरसाईकलले साईकललाई ठक्कर दिदाँ साईकल यात्री घाईते ।
२०७८-०८-१५

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत :- मिति २०७८।०८।१४ गते अं.१८:०० बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.१२ ईत्राम खोला नजिकै एयरपोर्ट देखी कालिनचोक तर्फ आउदै गरेको क.प्र.०२००१ प ३१०४ नं.को मोटरसाईकलले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ साईकल यात्री जिल्ला अछाम पंचलदेवल विनायक नगरपालिका -९ घर भई हाल विरेन्द्रनगर नगरपालिका १२ बस्ने वर्ष २० को दिनेश बहादुर शाही घाईते भई माया नर्सिङ होममा उपचार भईरहेको, अवस्था सामान्य, मोटरसाईकल   र चालक प्रहरीको नियन्त्रणमा रहेको ।

मोटरसाईकलबाट लडि घाईते ।
२०७८-०८-१५

आज मिति २०७८।०८।१५ गते अ.-१२:०० बजेको समयमा राष्कोट नगरपालिका -०५ स्युना स्थित ग्रामिण सडकमा जिल्ला दैलेख चामुण्डा विन्द्रासैनि नगरपालिका -०८ बस्ने वर्ष अ. १५ को सुनिल शाही मामा घर आएको अवस्थामा मोटरसाईकलबाट लडी घाईते भई राष्कोट अस्पताल स्युना कालीकोटमा उपचार भैईरहेको भन्ने खबर प्राप्‍त हुनसाथ यस कार्यालयबाट प्र.ह. कर बहादुर बिष्टको कमाण्डमा २ जनाको प्रहरी टोली घटना स्थलमा खटी गएको उक्त स्थान यस कार्यालयबाट अ. ४ कि.मी. उत्तर पर्ने । थप-ऐ. १३:४५ बजेको समयमा नेपाली सेनाको हेलिकप्टर  ल्याण्ड भई ऐ. १३:५५ बजेको समयमा  घाईतेलाई लिई प्रदेश अस्पताल कालागाउँ सुर्खेतको लागि टेकअप भएको,साथमा निजको मामा दिनेश शाही (९८४९६६७४६६) रहेको मोटरसाइकलको पहिचान नखुलेको बुझ्‍ने कार्य भईरहेको