भिरबाट लडी घाईते।

असोज ६

जिल्ला दैलेख भगवतिमाई गाँउपालिका वडा नं.२ रुम बस्ने तुल बहादुर शाहीको छोरा बर्ष ३९ को जितेन्द्र शाही घर नजिकैको जंगलमा मिति २०७८।०६।०५ गते बाख्रा गोठालो गएकोमा हिजोराती घरमा नआए पछि निजलाई खोज्दै जाने क्रममा आज मिति २०७८।०६।०६ गते जंगलको भिरबाट लडी खोलामा वेहोस अवस्थामा फेला पारी निजलाई उपचारको लागि जिल्ला अस्पताल दैलेखमा पुर्‍याई चेकजाँच गराउदा निजको दुबै खुट्टा भाँचिएको बोल्न नसक्नेअवस्थामा रहेको हुँदा जिल्ला अस्पताल दैलेखमा सामान्य उपचार पश्चात थप उपचारको लागि सुर्खेतमा रिफर गरिएको ।