सवारी दुर्घटना ।

साउन ०६, २०७८

 प्रहरी चौकि मालारानि सुर्खेत:-मिति २०७८।०४।०६ गते ०७:४५ बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका २ मालारानि स्थित सुर्खेत ,दाङ  सडक-खण्डमा  सडक माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अबरोध भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकि मालारानिबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोलि खटिएको बाटो खुलाउने तर्फ पहल भईरहेको     ।

साउन ०६, २०७८

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत:-मिति२०७८।०४।०६ गते  ०६:०० बजेको समायमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका २ रत्न राजमार्ग स्थित भेरी पुल नजिक छिन्चुबाट सुर्खेत सदरमुकाम तर्फ जाँदै गरेको भे १ज १०९१ न.को खाली बलेरो जिप अनियन्त्रित भई पल्टिएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटी गई बुझ्दा जिप चालक जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका  १२ बस्ने वर्ष ३६ को नारायण प्रसाद भट्टराई सकुसल रहेको गाडीको अगाडी भाग भेरी नदीमा डुबेको मानविय क्षेती नभएको साहु सम्पर्कमा गाडी निकाल्ने पहल भईरहेको गाडि घटना स्थलमा रहेको ।

साउन ०५, २०७८

जिल्ला ट्राफिक कार्यालय सुर्खेत:- मिति २०७८।०४।०५ गते अ:११:०६ बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका ३ मुलपानी चोक नजिक एरिचोकबाट बाङ्गेसिमल तर्फ जादै गरेको क.प्र.०२००१ प ३७४० नं. को मोटरसाईकलले सोही दिशा तर्फ जादै गरेको भे ९ प.१४१६ नं. को मोटरसाईकललाई ठक्कर दिदा निम्न स्थानमा बस्ने निम्न ब्यक्तिहरु घाईते भई कर्णाली केयर अस्पतालमा उपचार भईरहेको अबस्था सामान्य ,दुबै सवारी साधन ट्राफिकको नियन्त्रणमा उक्त स्थानमा प्र.ह.को कमाण्डमा-२ जनाको टोली खटि गएको  ।  

निम्न घाईतेहरु:-

१. क.प्र.३७४० नं.को चालक:-जिल्ला सुर्खेत सुर्खेत बिरेन्द्रनगर नगरपालिका २ कोलडांडा बस्ने वर्ष २० को भुवन सुनार ओठ र खुट्टामा चोट अबस्था सामान्य ।

२. भे ९ प १४१६ नं.को मो.सा. चालक:-ऐ.ऐ.३ बस्ने बर्ष २४ को समिर चौधरी दुबै खुट्टा को घुडामा चोट अबस्था सामान्य । ३. सोही मोटरसाईकल पछाडी सवार ऐ.ऐ.९ बस्ने वर्ष ७५ को चन्दु थारु अनुहार, दुबै खुट्टामा चोट सामान्य