हराई बेपात्ता ।

साउन ५, २०७८

ईलाका प्रहरी कार्यालय नौमुले दैलेख:- मिति २०७८।०४।०५ गते अ.१७:०० बजेको समयमा जिल्ला दैलेख नौमुले गाउँपालिका ३ द्धारी बस्ने धोज ब. नेपालीको श्रीमती वर्ष ४० कि कौसिला नेपाली घर देखि नौमुले बजारमा सामान किन्न जान्छु भनि गएको हाल सम्म घरमा नआएको हुँदा आफन्त कहाँ पनि नभएको र फोन सम्पर्क पनि नभएको हुँदा निजको खोजतलास गर्दै जाँदा २०७८।०४।०६ गते बिहान अन्दाजि ०७:३० बजेको समयमा पादमखोलाको किनारमा निजले लगाएको कपडा,दाल,चिनि,तेल र खुद्रा सामानहरु फेला परेको भनि निजको श्रीमानले ईलाका प्रहरी कार्यालय नौमुलेमा जानकारी गाराए पश्चात प्र.ना.नि.भरत ब.भण्डारीको कमाण्डमा ४ जनाको टोलि खटि गएको निजको खोजतलास कार्य जारी  

थप :- थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दैलेख बाट प्र.नि.ईन्द्रजित सुनारकोकमाण्डमा ५ जनाको टोलि ई.प्र.का.नौमुलेको लागि खटिगएको गएको ।