सवारी दुर्घटना ।

बैशाख  २४,२०७८

रुकुम पश्चिम सानी भेरी  ७ सहरे भन्ने स्थानमा सिम्लि देखी चाईनाबगर जादै गरेको जिल्ला अछाम रख गाउँपालिका   वडा. न. ७ घरभई हाल जिल्ला रुकुम पश्चिम सानी भेरी गाउँपालिका १ बस्ने वर्ष ३४ को रमेश रावतले चलाएको भे १ ह १०३७ नम्बरको अटो सडक भन्दा २० मिटर तल खस्दा अटोमा सबार जिल्ला जाजरकोट भेरी नगरपालिका १३ कुदु बस्ने वर्ष ३० की सिता आर.सि र ऐ.ऐ. बस्ने वर्ष ३१ की तुल्सि रावत घाईते भई उपचारको लागी मिसन अस्पताल चौरजहारी तर्फ पठाएको अवस्था बोल्न नसक्ने सिरियस साथमा चालक अटो घट्ना स्थल मै रहेको ।

बैशाख  २४,२०७८

रुकुम पश्चिम सानी भेरी गाउँपालिका ३ स्थित सिम्लि बजारमा सानिभेरी गाउँपालिका को रा १ झ १७३ नम्बरको एम्बुलेन्स बिग्रिइ मर्मत गरी ऐ.३ चौखे बस्ने वर्ष २३ को कमल नकालले चलाई चेक गर्ने क्रममा तिब्र गतिका कारण भित्तामा ठोकिन गई एम्बुलेन्स चालक कमल नकाल घाईते भई सानि भेरी अस्पताल सिम्लिमा सामान्य उपचार पश्चात थप उपचारको लागि मिसन अस्पताल चौरजहारी तर्फ पठाएको चिउडो र ढाड मा चोट अवस्था सिरियस एम्बुलेन्स पुर्ण रुपमा क्षति भएको एम्बुलेन्स घट्ना स्थलमा ।

बैशाख  २३,२०७८

ईलाका  प्रहरी कार्यालय सुर्खेत :- मिति २०७८।०१।२३ गते अ.०७:३० बजेको समयमा जिल्ला सुर्खेत भेरिगङगा नगरपालिका  २ छैसठि स्थित सुर्खेतबाट नेपालगञ्ज तर्फ आउदै गरेको भे १ ज ११११ नं. को उईङगर र बिपरित दिशाबाट जाँदै गरेको ना ४ ख ९७६० नं. को ट्रक एक आपसमा ठक्कर खाँदा उईङगरमा सवार निम्न स्थान बस्ने निम्न ब्यत्तिहरु घाईते भई छिन्चु स्थित स्थानिय भेरिगंगा पोलीकीलनिकमा उपचार भई रहेको उईङगर चल्न नस्कने अवस्था सामान्य ट्रक कागजपत्र राखी सामान अनलेडको लागी सुर्खेत तर्फ पठाइएको उक्त स्थान तर्फ प्र.स.नि को कमाण्डमा ६ जनाको टोली खटिइ गएको   ।

                        निम्न:-

१) जिल्ला बाँके बैजनाथ  गाउँपालिका ४ बस्ने वर्ष ४७ की हस्तकला सुनार बायाँ खुट्टामा चोट सामान्य ।

२) जिल्ला बाँके बैजनाथ गाउँपालिका ४ बस्ने वर्ष ५ को बिशाल सुनार दायाँ हातमा चोट सामान्य ।

३) जिल्ला बाँके बैजनाथ गाउँपालिका ४ बस्ने वर्ष ५३ की तुल्सा बुढा दायाँ खुट्टामा चोट सामान्य ।

४) जिल्ला बाँके बैजनाथ गाउँपालिका ४ बस्ने वर्ष ८० को बल बिर थापा भित्रि चोट सामान्य ।

५) जिल्ला बाँके बैजनाथ गाउँपालिका ४ बस्ने वर्ष ४८ की धनसरा सुनार भित्रि चोट सामान्य ।