भिरबाट लडी मृत्यु ।

 वैशाख २३, २०७८

जिल्ला प्रहरी कार्यालय कालिकोट- आज मिति २०७८।०१।२३ गते   ०८:४५ बजेको समयमा जिल्ला कालिकोट खाँडाचक्र नगरपालिका -०२ घर भई ऐ.ऐ. वडा नं.-०१ तालाखोर गोठमा बस्दै आएका वर्ष  ४४/४५ को नन्द प्रसाद बराल सदरमुकामबाट सामान किनमेल गरि गोठमा फर्कने क्रममा  -६०/७० मिटर तल भिरबाट लडी मृत अवस्थामा भेटिएको भनि खबर प्राप्‍त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट प्र.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोली घटना स्थलमा खटी गएको  ।