अटोले पैदल यात्रिलाई ठक्कर दिदा घाईते ।

 

फागुन १७,२०७७

  प्रहरी चौकि रामघाट सुर्खेत:- मिति २०७७।११।१७ गते अं.१५:०० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा न.पा.१३ मगर टोल स्थित रामघाटबाट आपखोली तर्फ जाँदै गरेको भे.१ ह. ५३५५ न.को अटोले जि.सुर्खेत लेकवेशी न.पा.६ बस्ने लाल ब. रोकायको छोरा वर्ष ७ को प्रेम ब. रोकायलाई ठक्कर दिदा टाउकोमा चोट अवस्था सिरियस उपचारको लागी स.मु.तर्फ पठाईएको, अटो चालक जिल्ला सुर्खेत भेरीगंगा न.पा.१३ बस्ने वर्ष २१ को किसन टमाटा प्रहरीको नियन्त्रणमा ,अटो रोड देखि अं.८/१० मिटर तल खसेको,उक्त स्थानमा प्र.ना.नि.पुर्ण ब. रानाको कमाण्डमा ४ जनाको टोली र तालुक ई.प्र.का.छिन्चुबाट प्र.नि.माधब प्रसाद चौधरीको कमाण्डमा ५ जनाको टोली खटि गएको,उक्त स्थान प्रहरी चौकि रामघाट देखी ३ कि.मि.पश्चिम पर्ने ।