आगलागि ।

२०७७ फागुन १८ 

  न.प्र.का.सुर्खेत:-मिति २०७७।११।१८ गते अं.०१:३० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा न.१० मनिकापुर स्थित ऐ.बस्ने वर्ष ७० को यज्ञ प्रसाद शर्माको गाईगोठसंग जोडिएको परालको टौवामा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुना साथ तक्काल न.प्र.का.बाट प्र.ह.यम ब. खत्रीको कमाण्डमा ५ जना ,प्र.चौ.सुब्बाकुनाबाट प्र.स.नि.बिजय पुनको कमाण्डमा ३ जनाको टोली ,दम्कल र स्थानियको सहयोगमा उक्त आगो निभाउने कार्य भई रहेको,मानबिय तथा चौपाय क्षेति नभएको ।

 

 २०७७ फागुन १८ 

     प्रहरी चौकी पिना मुगु:- मिति २०७७।११।१८ गते ०८:३० वजेको समयमा जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नम्बर ०७ स्थित पिना गाउँ देखि माथि रारा राष्ट्रिय निकूञ्जमा आगलागी भएको छ बन्ने खबर स्थानिय वासीबाट प्राप्त हुनसाथ प्रहरी चौकी पिनाबाट प्रहरी हवल्दार नवराज सुनारको कमाण्डमा ४ जना प्रही टोली उक्त स्थानमा खटि गएको र स्थानिय वासी नेपाली सेनाका हुद्दा हेम चन्द्र बुढाथोकीको कमाण्डमा खटिएका १४ जना नेपाली सेनाको टोलीबाट आगो निभाउने कार्य भईरहेको ।