जिपको ठक्करबाट पैदल यात्री घाईते ।

मंसिर १६,२०७७

 

प्रहरी चौकी मालारानी सुर्खेत:-मिति २०७७।०८।१६ गते ०८:४५ बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं.२ खरिगैरा स्थित दाङ–मालारानी सडक खण्डमा सल्यान देखि मालारानी तर्फ आउदै गरेको लु.१च.९५१६नं. को बोलेरो पिकअप जिपले पैदल यात्री ऐ, गुर्भाकोट न.पा.२ बस्ने वर्ष २८ को सुरेश खत्रीलाई ठक्कर दिदा निज घाईतेको टाउकोमा चोट, अवस्था बोल्न नसक्ने , निजलाई ऐ, गाडी द्धारा उपचारको लागी मेहलकुना अस्पताल सुर्खेत तर्फ पठाईएको, चालक जि.सल्यान सल्लीबजार बस्ने वर्ष २५ को तिलराम साहु घाईतेको उपचारमा संलग्न,चालक र गाडी प्रहरी चौकी मेहलकुना सुर्खेतको नियन्त्रणमा ,उक्त स्थानमा प्रहरी चौकी मालारानीबाट प्र.स.नि.जिवलाल पुनको कमाण्डमा २ जनाको टोली खटिगएको, उक्त स्थान प्रहरी चौकी मालारानीबाट १ कि.मि.पुर्व पर्ने । ऐ, ०९:४५ बजे निज घाईते सुरेश खत्रीलाई थप उपचारको लागी नेपालगंज नर्सिङ होम तर्फ पठाईएको,साथमा निजको बुवा हरिभान खत्री उपचारको लागी गएको