कुटपिटबाट घाईते।

माघ  १, २०७७

आज मिति २०७७।१०।०१ गते १७:०० बजेको समयमा जिल्ला डोल्पा ठुलिभेरी नगरपालीका वडा नं.६ दुरगाउँ बस्ने हंशलाल रोकायाकी छोरी वर्ष १८ की प्रेम कुमारी रोकायालाई ऐ.ऐ. स्थित पिङ्ग खेल्ने क्रममा ऐ.ऐ. वस्ने वर्ष १९ को भिम रोकाया, वर्ष २२ की कमला रोकाया, वर्ष २३ को रमेश रोकाया, वर्ष ४० की हिरुमती रोकाया र वर्ष २० को रवि रोकाया, विच बादबिबाद हुँदा निज प्रेम कुमारी रोकायालाई निजहरु मिली कुटपिट गरेको निजको दाँया हातको कुहिनोमा, टाउकोमा सामान्य चोट, अवस्था मध्यम,उपचारको लागी जिल्ला अस्पताल दुनै, डोल्पामा पठाउने कार्य भईरहेको उक्त स्थानमा प्र.चौ. माझफालबाट प्र.स.नि. भागिरथ लावडको कमाण्डमा ७ जनाको टोली खटि गईको उक्त स्थान प्र.चौ. माझफालबाट अ.४ घण्टा पैदल पश्चिम पर्ने ।