विष सेवनबाट मृत्यु तथा घाईते।

२०७७ कार्तिक १२

जि.प्र.का. रुकुम;-मिति २०७७।०७।११ गते अ.२०:०० बजेको समयमा जिल्ला रुकुम आठबिस कोट न.पा.१४ बस्ने बल ब. मल्ल को छोरी बर्ष २५ की भगवती मल्लले (श्रीमान सगं डीभोर्स भएकी) नुभाक नामक बिषादी सेवन गरी उपचारको लागी मिति २०७७।०७।१२ गते ०४:५० बजे मिसन अस्पताल चौरजहारी ल्याएकोमा थप उपचारको लागी०५:३० बजे नेपालगंज रीफर गरेको साथमा भिनाजु गोपाल प्र.शाही गएको खानुको कारण नखुलेको।

 जिल्ला सल्यान छत्रेश्वरी गाउपालिका ७ पानिखोला बस्ने बर्ष अं.५६ को शेर बहादुर बस्नेतले आफ्नै घरको तल्लो तलाको सुत्ने कोठामा मेटासिट नामक बिषादि सेबन गरेको अबस्थामा निजको श्रीमतीले देखि उपचारको लागि छोरा बिरेन्द्र बस्नेतले ०३:५५ बजे जिल्ला अस्पतालमा ल्याईएकोमा ०४:०० बजे उपचारको क्रममा डाक्टरले मृत्यु भएको भनि जिल्ला अस्पताल सल्यानमा कार्यरत प्र.ह.गगन रोकायले जानकारी गराएको, थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी टोलि खटिई गएको ।