प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जेष्ठ २०८१
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०२-०१

सुर्खेत , मिति २०८१।०२।०१ गते जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ खोर्के सडक खण्ड स्थित लागु औषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्क बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५को कमल पन्त र ऐ.ऐ.बस्ने बर्ष २५ को निशान्त खत्रीलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नभएको) ४ पुडिया , नाईट्रोजेसन नामक ट्यावलेट १ पुडिया सहित फेला पारी बरामद गरी निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।