प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिदा ७ जना घाईते ।

२०८०-०१-११

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ हर्रे देखि ४ कि.मी. अगाडि रत्न राजमार्गमा नेपालगंज देखि डोल्पा तर्फ आउदै गरेको बाग्मति ०१ ०२६ प २७९९ न. को बोलेरो जिप आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा जम्मा सवार ७ जना मध्ये निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भएको भन्ने खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतबाट ३ जनाको प्रहरी टोली खटिगएको।

घाईतेहरु:-

१) जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका-११ बस्ने बर्ष ३३ को गोरख बुढा बाया हातमा चोट अबस्था बोल्न सक्ने ।

२) ऐ.ऐ.६ बस्ने बर्ष २७ कि दिलचन्द रोकाय बाँया हातमा चोट अबस्था बोल्न सक्ने ।

३) ऐ.ऐ.१० बस्ने बर्ष ४७ की बेलमति गिरी बाँया हातमा चोट अबस्था सामान्य ।

४) ऐ.ऐ.२ बस्ने बर्ष ९० की धनकली बोहरा बाँया हात र निधारमा चोट सामान्य ।

५) ऐ.ऐ.१० बस्ने बर्ष ७६ की जसु गिरी निधारमा चोट सामान्य ।

६) ऐ.ऐ.११ बस्ने बर्ष ३९ की देउरुपा पुन शरिरमा चोट सामान्य ।

७) ऐ.ऐ.१ बस्ने बर्ष १९ की बिमला बुढा ढाडमा चोट 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०२-०१

सुर्खेत , मिति २०८१।०२।०१ गते जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ खोर्के सडक खण्ड स्थित लागु औषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्क बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५को कमल पन्त र ऐ.ऐ.बस्ने बर्ष २५ को निशान्त खत्रीलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नभएको) ४ पुडिया , नाईट्रोजेसन नामक ट्यावलेट १ पुडिया सहित फेला पारी बरामद गरी निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ब्यूरेनि स्थित लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.००६३९२ नं. को. मोटरसाईकललाई चेकजाँच गर्दा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अ.२७ को नरेन्द्र ठाडाँ मगर र ऐ.ऐ. बस्ने बर्ष अ. ३८ को दुर्ग ब. अधिकारीको साथ बाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने ४ पोका (नाप तौल नभएको) नापतौल गर्दा शुद्ध तौल ५ ग्राम १६० मिली ग्राम  फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित रत्नराजमार्गमा ड्युटिमा खटिएको प्रहरी टोलिले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१प ७२२३ न.को मोटरसाईकल लाई शंकास्पद लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको पेट्रोल हाल्ने प्वालमा भ्यासस्लिङको डिब्बामा लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ थान- ५ पुडिया फेलापारि मोटरसाईकल चालक जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-०३ गोरामारे बस्ने बर्ष २० को व्यक्ति र सोही मोटरसाईकलमा सवार जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-७ बस्ने बर्ष १९ को व्यक्तिलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भईरहेको ।