प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सल्यान, ट्रक दुर्घटना हुँदा ४ जना घाईते ।

२०७९-११-०९

  • A
  • A-
  • A+
Share

जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.१ कालाखेत टोट्के सल्ला स्थित राप्ती राजमार्गमा दाङ तुल्सीपुर देखी खाद्यान्न  बोकी रुकुम पश्चिम तर्फ जादै गरेको चालक जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ दारिमजिउला बस्ने बर्ष २६ को धर्म बि.क. ले चलाई ल्याएको भे.१ख. २३९७ न.को ट्रक अनियन्त्रित भई सडक देखि अं. १०० मिटर तल खसी दुर्घटना हुंदा उक्त ट्रकमा सवार चालक, सह चालक सहित निम्न ४ जना घाईते भई उपचारको लागि जनप्रिय पोलिक्लिनिक थारमारे तर्फ पठाएको २ जनाको अबस्था सिरियस, २ जना समान्य रहेको उक्त स्थानमा यस का. देखी प्र.नि. कनक शाहीको कमाण्डमा १० जनाको टोली खटिई गएको ।

निम्न घाईतेहरु :

1=  चालक जि. सल्यान छत्रेश्वरी गाउँपालिका ३ दारिमजिउला बस्ने बर्ष २६ को धर्म बि.क. शरिरको बिभिन्न भाग र दुबै खुट्टामा चोट अबस्था बोल्न नसक्ने गम्भिर ।

 सवार जिल्ला रोल्पा सुनसरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष १९ को प्रबिन घर्ती मगरशरीरमा चोट दाहिने खुट्टा भाचिएकोअबस्था बोल्न नसक्नेगम्भीर ।

2=  सह चालक ऐ.ऐ. ६ भोटेचौर बस्ने बर्ष २० को सुदन बि.क. समान्य ।

3=  सवार ऐ. बागचौर नगरपालिका वडा नं. ०८ कोटमौला बस्ने बर्ष २७ को निशान चन्द, सामान्य ।

4= 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०२-०१

सुर्खेत , मिति २०८१।०२।०१ गते जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ खोर्के सडक खण्ड स्थित लागु औषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्क बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५को कमल पन्त र ऐ.ऐ.बस्ने बर्ष २५ को निशान्त खत्रीलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नभएको) ४ पुडिया , नाईट्रोजेसन नामक ट्यावलेट १ पुडिया सहित फेला पारी बरामद गरी निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ब्यूरेनि स्थित लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.००६३९२ नं. को. मोटरसाईकललाई चेकजाँच गर्दा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अ.२७ को नरेन्द्र ठाडाँ मगर र ऐ.ऐ. बस्ने बर्ष अ. ३८ को दुर्ग ब. अधिकारीको साथ बाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने ४ पोका (नाप तौल नभएको) नापतौल गर्दा शुद्ध तौल ५ ग्राम १६० मिली ग्राम  फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित रत्नराजमार्गमा ड्युटिमा खटिएको प्रहरी टोलिले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१प ७२२३ न.को मोटरसाईकल लाई शंकास्पद लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको पेट्रोल हाल्ने प्वालमा भ्यासस्लिङको डिब्बामा लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ थान- ५ पुडिया फेलापारि मोटरसाईकल चालक जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-०३ गोरामारे बस्ने बर्ष २० को व्यक्ति र सोही मोटरसाईकलमा सवार जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-७ बस्ने बर्ष १९ को व्यक्तिलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भईरहेको ।