प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जीप दुर्घटना हुँदा १ जना घटनास्थलमा नै मृत्यु १५ जना घाईते ।

२०७९-१०-०२

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।०२ गते १६:०० बजेको जिल्ला जुम्ला पातारासी गाउपालिका वडा नं. ६ कोट भिर भन्ने स्थानमा सदरमुकाम देखि ऐ.४ लाछी बजार तर्फ जादै गरेको ग १ ज ४०३५ नं. जिप ब्याक गर्ने क्रममा सडक बाट अं. ५० मिटर तल तिला नदीको किनारमा खस्न गई  दुर्घटना हुँदा उक्त जिपमा सवार मानिसहरु घाईते भई उपचारको लागि एम्बुलेसनद्धारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको । प्रहरी टोली खटि गएको ऐ. पातारासी गाउपालिका वडा नं. १ खालढिक वस्ने वर्ष अं. ४२ कि छोदेन लामाको घटनास्थमा नै मृत्यु भएको ।

 घट्ना स्थलको कार्य पुरागरी लास पोष्टमार्टमको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याई राखिएको । उक्त जिपमा सवार घाईतेको नामावली विवरण :-

1=   जिल्ला जुम्ला पातारासी गाउपालिका वडा नं. १ बस्ने बर्ष ७७ को कार्मा लामा टाउँकोमा चोट सिरियस ।

2=   ऐ.ऐ.बस्ने बर्ष १८ सोनाम लामा सामान्य ।

3=   ऐ.ऐ.बस्ने बर्ष ८ कि पेमाटोमा लामा टाउँकोमा चोट अवस्था सिरियस ।

4=  ऐ.ऐ.बस्ने बर्ष बर्ष २३ को मिनासाङ्वो लामा सामान्य।

5=   ऐ.ऐ.बस्ने बर्ष २४ को पाल्जोक लामा सामान्य ।

6=   ऐ.ऐ.बस्ने बर्ष २८ को छिरिङ प्रतिक लामा सरिर कोतरियको सामान्य ।

7=   ऐ.ऐ.बस्ने बर्ष १८ को कुसाङ छिरिङ लामा सामान्य ।

8=  ऐ.ऐ.बस्ने बर्ष २८ को घिसिङ आङरास लामा सामान्य ।

9=   ऐ.ऐ.बस्ने बर्ष २७ कि छिरिङ पुटिङ लामा सामान्य ।

10= ऐ.ऐ.बस्ने नर्ष ४३ को टोजिङ लामा सामान्य ।

11=  ऐ.ऐ.बस्ने बर्ष २८ को उर्गेन लामा सामान्य ।

12=  ऐ.ऐ.बस्ने बर्ष १९ पेमा कासाङ तामाङ सामान्य ।

13=  ऐ.ऐ.बस्ने बर्ष १३ को उर्गेन लामा सामान्य ।

14= ऐ.ऐ.बस्ने बर्ष १२ को रिजन लामा सामान्य ।

15=  ऐ.ऐ.बस्ने बर्ष ६३ कि मेनजाम लामा सामान्य ।

16=  ऐ.तिला गाउपालिका वडा नं. ४ वस्ने वर्ष २३/२४ को लोकेन्द्र चौलागाई (चालक फरार)

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०२-०१

सुर्खेत , मिति २०८१।०२।०१ गते जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ खोर्के सडक खण्ड स्थित लागु औषध बेचबिखन भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थाइ प्रहरी बिट सहिद पार्क बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५को कमल पन्त र ऐ.ऐ.बस्ने बर्ष २५ को निशान्त खत्रीलाई चेकजाँच गर्ने क्रममा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल नभएको) ४ पुडिया , नाईट्रोजेसन नामक ट्यावलेट १ पुडिया सहित फेला पारी बरामद गरी निजहरु लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।  

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ब्यूरेनि स्थित लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.००६३९२ नं. को. मोटरसाईकललाई चेकजाँच गर्दा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अ.२७ को नरेन्द्र ठाडाँ मगर र ऐ.ऐ. बस्ने बर्ष अ. ३८ को दुर्ग ब. अधिकारीको साथ बाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने ४ पोका (नाप तौल नभएको) नापतौल गर्दा शुद्ध तौल ५ ग्राम १६० मिली ग्राम  फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित रत्नराजमार्गमा ड्युटिमा खटिएको प्रहरी टोलिले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१प ७२२३ न.को मोटरसाईकल लाई शंकास्पद लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको पेट्रोल हाल्ने प्वालमा भ्यासस्लिङको डिब्बामा लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ थान- ५ पुडिया फेलापारि मोटरसाईकल चालक जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-०३ गोरामारे बस्ने बर्ष २० को व्यक्ति र सोही मोटरसाईकलमा सवार जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-७ बस्ने बर्ष १९ को व्यक्तिलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भईरहेको ।